२०७७ कार्तिक ३ गते सोमवार

एक महिना पछि विकको शव फेला

दाङ, माघ ६ । रोल्पामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ । मृतक रोल्पा नगरपालिका वडा नं. ६ निवासी १४ बर्षीय विरेन्द्र विक रहेको रोल्पा जिल्ला प्रहरी कार्यालय रोल्पाको संचार शाखामा कार्यरत घनश्याम बुढाथोकीले जानकारी दिएका छन् ।

विक रोल्पा नगरपालिका वडा नं. ७ मा शनिवार विहान नहरमा मृत फेला परेका थिए । विक वडा नं. ७ को माडीचौरमा लागेको मेला हेर्न भन्दै पुस ३ गते घरवाट साथीहरु संग गएका थिए । शव नहरमा फेला परेपछि स्थानीयले खवर गरेका थिए ।

विककी आमाले अस्पतालमा पुगेर मृतक आफ्नो छोरा भएको पहिचान गरेकी थिइन । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *