
दाङ,१२ माघ । नेपाल पत्रकार महासघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा भएको पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम समापन गरिएको छ ।
समापन अबसरमा भएको कार्यक्रमका बोल्ने बक्ताहरुले पत्रकारहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले पत्रकारहरुको भौतिक सुरक्षाका लागि जोगिएर पत्रकारीता गर्नुपर्ने बताए । उनले पत्रकारहरुले आचारसंहितामा रहेर आफ्नो पेशामा लाग्न समेत आग्रह गरे ।
नेपाल पत्रकार महासघ दाङ शाखाका पुर्व अध्यक्ष के बि मसाले पत्रकारिता क्षेत्रलाई व्यवस्थीत रुपले अघि बढाउन सहयोग पुर्याउने बताए । नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आर के शीतलले गरेका थिए ।
प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार