२०८३ भाद्र १० गते बुधवार

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

जनकपुरधाम,कात्तिक ९ । प्रहरीले सिरहाबाट एक वडाध्यक्षसहित दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

सोमबार बेलुका ६ बजेतिर सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किँदै गर्दा जिल्ला माडर नाकामा चेकजांचको क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट लागूऔषध बरामद गरेको हो ।


यादवको साथबाट प्रहरीले नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरिएको र थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान उनले जनाएका छन् । यादव नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

त्यस्तै सिरहा नगरपालिकाकै वडा नम्बर १८ ईटारीमा वडा प्रहरी कार्यालय (ख) बाट खटिएको प्रहरी टोलीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार स.४प. ७६०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा जिल्लाको अर्नामा गाँउ पालिका ३ बस्ने वर्ष २३ को पप्पु दासलाई अबैध लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनको साथबाट फेनारागन ईन्जेक्सन–१०० पिस, डाईजेपाम ईन्जेक्सन–१०० पिस र नोर्फीन ईन्जेक्सन १०० बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *