२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर उपमहानगरपालिकाले वगरखेती गर्नेलाई एक लाख अनुदान दिने

तुलसीपुर, मंसीर २८ । तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक तरकारी खेति गर्नेलाई अनुदान दिने भएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यावसायिक तरकारी खेति गर्ने किसानहरुलाई प्राविधिक उपकरण, डिपवोरिङ्ग, विउँ अनुदान लगायतको सहयोग गरिने वताएका हुन् । “३० कठ्ठा सम्ममा वगर खेती गर्नेलाई १ लाख वरावरको विभिन्न सहयोग गर्नेछौ” पाण्डेले भने । उनले व्यावसायिक रुपमा वसन्ती मकै खेति गर्ने किसानलाई विउँको सम्पुर्ण अनुदान दिने समेत जानकारी दिए । “व्यवसायका लागि खेति गर्ने किसानहरुलाई कुनै पनि कुराको कमी हुन दिदैनौ” पाण्डेले भने । उनले उत्पादन वृद्धिका साथै वजारीकरणका लागि पनि उपमहानगरपालिकाले सहयोग गर्ने वताए ।

उपमहानगरपालिकाको कृषि शाखाले व्यावसाियक तरकारी खेतितर्फ किसानहरुलाई आकर्षित गर्नका लागि सबैलाई जम्मा पारेर विभिन्न खेतीका वारेमा जानकारी दिएको छ । कार्यक्रममा किसानहरुलाई वसन्ते मकै र वगर खेतिका वारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा वसन्ते मकै खेतीका बारेमा जानकारी दिदै कृषि शाखाका प्राविधिक सहायक शंकर न्यौपानेले वर्षमा ३ वाली लगाउन सकिने वताएका थिए । व्यावसायिक रुपमा खेती गर्ने किसानहरुका लागि वसन्ते मकै निकै उपयोगी भएको न्यौपानेले वताएका थिए ।

प्राविधिक न्यौपानले एक कठ्ठामा मकैखेति गर्नका लागि २ हजार जति लागत लाग्ने र १० हजारसम्मको आम्दानी हुने जानकारी गराएका थिए । कार्यक्रममा प्राविधिक सहायक कुलराज चौधरीले वगरखेतिका वारेमा जानकारी गराएका थिए । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा वगरखेतीको सम्भावना रहेको भन्दै उनले लौका, तरवुजा र काँक्रा लगायतको खेति गर्न सकिने उनले वताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *