काठमाण्डौ,चैत ६ । नेपाली कार्यरत मलेसिया र खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई हजार पुगेको छ ।
बिहीबार बिहानसम्म यी देशमा सङ्क्रमितको सङ्ख्या दुई हजार २९ पुगेको हो । खाडीका देशको तुलनामा मलेसियामा सङ्क्रमितको सङ्ख्या धेरै छ ।
मलेसियामा अहिलेसम्म सात सय ९० जनामा सङ्क्रमण देखिएको छ । विश्वका एक सय ७३ देशका झण्डै दुई लाख १९ हजारमा सङ्क्रमण फैलिसकेको छ ।
आठ हजार ९ सय ५२ जनाको ज्यान गएको छ भने ८४ हजार सात सय ९५ जना निको भएका छन् ।
प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार