
तस्विर – सुवाश डिसी ।
तुलसीपुर, पुस २८ । तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाले नाटकको माध्यमबाट बाल बिबाह र बालश्रम विरुद्ध अभियान चलाएको छ ।
अभियान युनिसेफ नेपालको सहयोग तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको हो । अभियानले बालबालिकाहरुको उज्योल भबिस्य तथा समुन्नत समाज निर्माणमा तल्लो तहसम्म भूमिका खेल्ने तुलसीपुरकी महिला बालबालिका तथा सामाजिक बिकास साखा प्रमुख माया श्रेष्ठले आशा व्यक्त गरिन ।
अभियान अन्तर्गत अहिले सम्म ६ वटा वडामा नाटक प्रदर्शन भैसकेको उनले बताइन । तुलसीपुर वडा नम्बर २,३,४,१०, ११ र १३ मा यो अभियान अनतर्गतको नाटक प्रदर्शन भइसकेको छ । यो अभियान सबै वडामा सञ्चालन हुने भएको छ ।
सोमवार तुलसीपुर ११ को अमर माबी उरहरी र १३ को अम्बेश्वरी माबी अम्बापुरमा कार्यक्रम गरिएको छ ।
तुलसीपुर ११ नम्बरका वडा सदस्य सुबाश डाँगीको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले नाटकको माध्यमबाट बाल बिबाह र बाल श्रम बिरुद्ध जनचेतना फैलाउन भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।
बिद्यालय केन्द्रित यो अभियानले बाल अधिकारको संरक्षनसंगै समुन्नत समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने अमर मावि उरहरीका प्रधानाध्यापक पदमप्रसाद न्यौपाने बताए ।
तुलसीपुर १३ नम्बर वडा सदस्य कमला केसीले अभियानले गाउँघरमा सचेतना फैलाउन भूमिका खेल्ने आशा व्यक्त गरिन ।
नाटकमा बाल बिबाह र बाल श्रमका कारण समाजमा हुने नकारात्मक घटना र असरका बारेमा जनचेतनामुलक सामाग्री प्रदर्शन गरिएको थियो ।