दाङ,असोज १५ ।ग्रामिण महिला उत्थान केन्द्र घोराही दाङले बुधवारआज घोराहीमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै सस्थाका निर्देशक सोगतबिर चौधरीले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न बाकी रहेको बताए ।
हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धि सङै आर्थिक शसक्तिकरनका लागि कदम उठाउन अत्यनत आबस्यक रहेको बताए । यसैगरी कार्यक्रम बोल्दै सस्थाका अध्यक्ष आसमानी चौधरीले शक्तिकी देबि दुर्गा माताले हरेक महिलाहरुलाइ शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना मन्तव्य व्यक्त गरे । शसक्तिकरणका सवालमा काम गर्न एस.एल.भि.सि.परियोजनाका सहजकर्ता बेदराज शर्मा पान्डेले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुसी,उमङताका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गरे ।
यसैगरी सिएस म्याप प्रोजेक्टका कार्यक्रम सयोजक नवीन चौधरीले दशै पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आर्द्श मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सत्बुद्दी देउन भन्दै दशैको शुभकाना दिए । सो अवसरम आत्मनिर्भर लघुबित्त बित्तीय सस्थाका अध्यक्ष मिरा चौधरी,कर्मचारी,सिएस म्याप प्रोजेक्टका कर्मचारी तथा एस.एल.भि.सि.दोस्रो परियोजना का कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण कार्यक्रम सयोजक भिमकान्त चौधरीले गरेका थिए ।