
दाङ,भदौ ७ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १७ निवासी ५० बर्षीय बिरेन्द्रबहादुर डाँगी बेपत्ता भएको लामो समय वितिसक्दा पनि फेला पर्न सकेका छैनन् । घर परिवारका अनुसार डाँगी साउन १७ गते दिउँसो नेपालगञ्ज जान्छु भन्दै मोवाईल र पर्स घरमै छाडेर हिडेका थिए ।
तीन हप्तादेखि डाँगी सम्पर्क विहिन भएपछि परिवार जनले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । डाँगीको परिवारले उनको बारेमा नजिकको प्रहरी वा घरपरिवारलाई जानकारी दिने व्यक्तिलाई सम्मान स्वरुप नगद पुरस्कारको समेत व्यवस्था गरिएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
