दाङ,भदौ ५ । पश्चिम दाङको हापुरेमा एक युवक माथि चक्कु प्रहार भएको छ । बबई गाउँपालिका वडा नं. ४ हापुरे बजारमा विहीवार दिउँसो साढे १२ बजे हसनापुर निवासी २१ बर्षीय चन्द्रबहादुर विकमाथि चक्कु प्रहार भएको छ ।
स्थानीय १७ बर्षीय कमल वलीले पुरानो रिसीविका कारण विक माथि चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । टाउको र बाँया कोखामा चोट रहेका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
