२०८१ बैशाख ७ गते शुक्रवार

यो हप्ताको राशिफल हेर्नुहोस

युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५

साउन २६ देखि ३२ गतेसम्मको साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यवसायिक क्षेत्र सपmल रहने छ । दैनिक कामहरु सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । आर्थिक क्षेत्र सबल रहने छ । राजनैतिक चासो बढ्नेछ । तिर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । साताको मध्यपछि उतारचढाव युक्त समय हुनेछ । आफन्त वा घरपरिवारमा मतभेद हुनेछ । सानातिना कामको झमेला आउनेछ । मन आनन्दका लागी आकर्षित हुनेछ । झै झगडा र मुद्दा मामिलाबाट टाढै बस्नु उचित हुनेछ अन्यथा प्रतिकुल परिीस्थति आउन सक्छ ।

बृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
यो साता परिवारमा ठूलो जमघट हुनेछ । विशिष्ठ व्यक्तिले विचारको कदर गर्नेछन । महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । व्यावहारिक जिम्मेवारी थपिनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन । पठन पाठनको क्षेत्रमा राम्रै प्रगति हुनेछ । बुधवार र बिहीवार अनुकूल छैन, यस अवधिमा मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । आफूले सोचे अनुरुप काम बन्ने छैन तर साताको अन्त्यमा आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
यस सातामा सुरु गरिएको कृयाकलापले दीर्घकालिन फाइदा पुग्नेछ । विशिष्ठ व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । बन्दव्यापारबाट राम्रो फईदा लिन सकिनेछ । मिष्ठान्न भोजन र मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर जुट्नेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । ढिलै भएपनि रोकिएका कामहरु बन्नेछन । साताको अन्त्यमा घरयासी समस्या उत्पन्न हुने लक्षण छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
साट बदल वा जुवाजन्य कृयाकलापमा धननाश हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ हुनेछ । घुमघाम र मनोरञ्जनको अवसर जुर्नेछ । पुराना साथीभाइसहित भेटघाट हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्नु उचित हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक लाभ हुनेछ । मान सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । चिन्तन महत्वपूर्ण बन्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
व्यवसायबाट लाभ हुनेछ । पठनपाठन कार्यमा प्रगति हुनेछ । मायाप्रेम तथा मनोरञ्जन गर्ने अवसर जुर्नेछ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्नानीका मार्ग अवरुद्ध हुनेछन । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शंकाले मन व्याकुल बन्नसक्छ । परिवारका सदस्य र आफन्तले पनि तपाईको भावना बुझी दिदैनन् । प्रतियोगिता र प्रतिस्पर्धामा भने सफल भैइनेछ । मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
साताको मध्यभाग कमजोर भए पनि कर्मप्रति समर्पित भई अघि बढ्ने समय छ । प्राविधिक काममा सफलता मिल्नेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम बन्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्र्ने रकम हात लाग्नेछ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाईदा हुने योग छ । पढाइमा प्रगति हुनेछ । दैनिक कामकाजमा खर्च बढ्ने छ । साताको अन्त्य प्रेमिल रहने छ । समग्रमा यो साता अवसरलाई चिन्नसक्दा राम्रो फाईदा लिन सकिने छ ।

तुला – र, रि, रु, रे, रो, ता , ति, तु, ते (Libra)
सुखसुविधा, हाँसखेल र मनोरञ्जनमा भुलिने साता छ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । कतै लामो दुरीको यात्रा गर्नुछ भने अनुकुल हुनेछ । इष्टमित्रले प्रशंसा गनेछन् । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरुसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक, प्राज्ञिक गतिविधिमा संलग्न हुनुपर्नेछ । सोचे बमोजिम काम नबन्न सक्छ । छर छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्नेछ । यो साता काममा व्यस्त हुनुपर्ने भएकाले समय बितेको पत्तो हुनेछैन ।

बृच्छिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सामाजीक तथा परोपकारी कार्य द्धारा धेरैको ध्यान आफुतिर आकर्षित गर्न सकिने छ । यात्रा घातक हुन सक्छ, टाढाको यात्रा नगर्दा नै राम्रो होला । आम्दानीका मार्गमा पनि अवरोध सिर्जना हुने संकेत छ तर पनि मनोरञ्जनात्मक कृयाकलापमा भने सहभागी हुन पाईने छ । व्यवसायिक क्षेत्र सामान्य नै रहला । प्रतिस्पर्धीहरुमाथि भने विजय प्राप्त हुनेछ । विगतमा गरेको श्रमको समुचित मूल्यांकन हुनेछ । मिष्ठान्न भोजन र परिकार मिल्नेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाईने छ । साताभरि नै बोलीमा संयमता अपनाउनु होला, किनभने आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।

धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
साताको प्रारम्भमा हाँसखेल, मनोरञ्जनमा र भ्रमणमा समय बित्नेछ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा हुने सम्भावना पनि छ । तर साताको मध्यभाग अनुकुल छैन । धैर्यता, संयमता र सोचविचार गरी समयको उपयोग गर्नु बुद्धिमता हुनेछ । खानपानले स्वास्थ्यमा असर पर्न सक्छ । सप्ताहन्तमा धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा बढ्नेछ । रोकिएको काम बनेको समाचार आउने छ । घरयासी समस्या हल हुनेछन भने प्रतिस्पर्धी पनि परास्त हुनेछन ।

मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
उतारचढाव आईरहने साता छ । सहयोगी हातहरु प्छि हट्न सक्छन् । मनमा अशान्ति र छटपटि व्याप्त हुनेछ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक संकटको योग छ । खानपान, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । बुधबार र बिहीबार ढिलो गरी कार्यसम्पादन हुने समय छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । लेनदेनमा विवाद तथा व्यवसायमा हानी हुने समय छ तर अप्रत्यासित रुपमा काम बन्ने छ । इच्छाएको जिम्मेवारी प्राप्त होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आँटेका र ताकेका कामहरु पुरा हुनेछन् । मुद्दा मामिलामा विजयी भइनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिकसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । विपरीत लिंगीबाट सहयोग मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा बाधा पुग्ने संकेत छ । मन भुलाउने उपयको प्राप्ति हुनेछ । शत्रुहरु पराजित हुनेछन तर पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्ने समय छ । सामाजिक मर्यादामा समेत आँच आउन सक्छ । सोमबार र मंगलबार बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुनेछ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । तपाईका कामको मूलयांकन हुनेछ । बुधबार पछि गरिएका काममा विभिन्न उल्झन आउने छन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् तर आर्थिक समस्या निराकरण हुनेछन् । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

 

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *