
युवा ज्योतिषी – मुस्कान खनाल
साप्ताहिक राशिफल साउन १९ देखि २५ गतेसम्मको
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यस सातामा सुरु गरिएको कार्यले दिर्घकालिन फाईदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिने छ । आर्थिक क्षेत्र सबल रहनेछ । बन्दव्यापारबाट राम्रो फाईदा लिन सकिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर जुट्नेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । साताको अन्त्यमा घरयासी समस्या उत्पन्न हुने लक्षण देखिन्छ ।
बृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
साटबदल वा जुवाजन्य कृयाकलापमा धननाश हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ हुनेछ । घुमघाम र मनोरञ्जनको अवसर जुर्नेछ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । मान सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । चिन्तन महत्वपूर्ण बन्न सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शंकाले मन व्याकुल बन्नसक्छ । परिवारका सदस्य र आफ्न्तले तपाईको भावना नबुझ्न सक्छन् । प्रतियोगितात्मक कृयाकलापमा सफल बन्नुहुनेछ । मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम रहनु राम्रो हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
साताको मध्यभाग कमजोर भए पनि कर्मप्रति समर्पित भई अघि बढ्ने समय छ । प्राविधिक काममा सफलता मिल्नेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम बन्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा पशुपालनमा कम र वयापारमा प्रशस्त फाइदा हुने योग छ । पढाइमा प्रगति हुनेछ भने दैनिक कामकाजमा खर्च बढ्ने छ । साताको अन्त्यमा पे्रम सम्बन्धमा प्रगाढता आउला । समग्रमा यो साता अवसरलाई चिन्नसक्दा राम्रो फाइदा लिन सकिने छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सुखसुविधा र मनोरञ्जनमा भूलिने साता छ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गनूर््ु छ भने अनुकुल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरुसंग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक, प्राज्ञिक गतिविधिमा संलग्न हुनुपर्नेछ । सोचे बमोजिम काम नबन सक्छ । आफन्त वा छरछिमेकमा पनि केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्नेछ । यो साता काममा व्यस्त हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुने छैन ।
कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
यो साता झै झगडा र मुद्दा मामिला भन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । आम्दानीका मार्गमा पनि अवरोध सिर्जना हुने संकेत छ । यद्यपि यस अवधिमा मनोरञ्जनात्मक काममा संलग्न भइने छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने छैन । प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुनेछ । विगतमा गरेको श्रमको समुचित मूल्यांकन हुनेछ । मिष्ठान्न भोजन र परिकार मिल्नेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । साताभरि नै बोलीमा संयमता अपनाउनु होला,किनभने आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।
तुला – र, रि, रु, रे, रो, ता , ति, तु, ते (Libra)
साताको आरम्भमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । जीवनकाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा हुने सम्भावना छ । तर साताको मध्यभाग अनूकूल छैन । धैर्यता, संयमता र सोचविचार गरी समयको उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । खानपानले स्वास्थ्यमा असर पर्न सक्छ । सप्ताहान्तमा धार्मिक तथा परोपकारजन्य कृयाकलापबाट प्रतिष्ठा पाईने छ । रोकिएका काम बनेको समाचार सुन्न पाइनेछ । घरयासी समस्या हल हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।
बृच्छिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
उतारचढाव आइरहने साता छ । सहयोगीहरु प्छि हट्न सक्छन । मनमा अशान्ति र छटपटि व्याप्त हुनेछन , अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक संकटको योग छ । खानपान, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । बुधबार र बिहीबार ढिलो गरी कार्यसम्पादन हुने समय छ । गुप्त र मनोसामाजीक समस्याले सताउन सक्छ । व्यवसायमा हानी तथा लेनदेनमा विवाद हुनेछ तर अप्रत्याशित काम बन्ने योग छ । इच्छाएको जिम्मेवारी प्राप्त हुनसक्छ ।
धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको समाचार प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा प्रशंसा बटुल्न सकिने छ । परिवारमा रमाइलो जमघट हुनेछ । प्रशासनिक र राज्य पक्षबाट हुनुपर्ने काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीत लिंगीबाट सहयोग मिल्नेछ । तर साताको अन्त्यमा स्वास्थ्यमा बाधा पुग्ने संकेत छ । मन भुलाउने उपायको प्राप्ति हुनेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ ।
मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्ने समय छ , सामाजिक मर्यादामा समेत आँच आउन सक्छ । सोमबार र मंगलबार बौद्धिक र लेखनकार्यमा सफलता मिल्ने समय छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जन गर्नेछन् । तपाईको कामको उचित मूल्यांकन हुनेछ । बुधबारपछि गरिएका उद्यमले सफलता दिनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । आर्थिक समस्या निराकरण हुनेछन् । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यवसायिक क्षेत्र सफल रहने छ । दैनिक कामहरु सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । साताको मध्यपछि उतारचढाव युक्त समय हुनेछ । आफन्त वा घरपरिवारमा मतभेद हुने साथै सानातिना कामको झमेला आउने छ । मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरु जगृत हुनेछन् । झै झगडा र मुद्दा मामिलाभन्दा टाढै बस्नु उचित हुनेछ, अन्यथा समय प्रतिकूल बन्नसक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यो साता परिवारमा ठूलो जमघट वा धार्मिक, कामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन । महत्वपूर्ण कार्य सम्पन्न हुनेछ साथै मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनाका साथै व्यवहारिक जिम्मेवारी थपिनेछ । बुधवार र बिहिवार अनुकूल छैन, यस अवधिमा मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । साताको अन्त्यमा आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
युवा ज्योतिषी – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५
