२०८३ असार २७ गते शनिवार

गोलौरामा स्मार्ट महिला कृषक समुह गठन


दाङ,साउन १७ । तुलसीपुर उपमहानगपरपालिका वडा नं. ६ गोलौरामा स्मार्ट कृषक महिला समुह गठन गरिएको छ । चाँदनी टोल विकास संस्थाकी अध्यक्ष तिला भण्डारीको अध्यक्षता र वडा प्रतिनिधि युवा कराराको प्रमुख आथित्यमा भएको भेलाले समुह गठन गरेको हो ।

नव गठित समुहको अध्यक्षमा हरिकला मिया वलीलाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा शान्ता भण्डारीलाई चयन गरिएको संस्थाकी सचिव अञ्जु रेग्मीले जानकारी दिइन । समुहमा आवद्ध महिलाले सामुहिक अर्गानिक तरकारी खेती गर्ने तयारी गरेका छन् । महिलालाई स्वावलम्बि बनाउने उदेश्यका साथ स्मार्ट कृषि समुह गठन गरिएको सचिव रेग्मीले बताइन ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *