सम्पादकीय
बुधबार तुलसीपुर उपमहानगरपालिकामा दाङको टरिगाउँ एयरपोर्ट ब्यबस्थापन सम्बन्धी बृहत छलफल भयो । बृहत भनिएपनि त्यसमा अपेक्षाकृत मानिसहरु थिएनन् ।
त्यो छलफल उपमेयर श्यानी चौधरीको दबाबका कारण भएको कतै छिपेको छैन । कारण यसअघि उनले यही छलफल आयोजना गर्न खोज्दा मेयर टीकाराम खड्काले त्यो रोकिदिएका थिए ।
बुधबारको छलफलले उपमेयर चौधरीको संयोजकत्वमा दाङ एयरपोर्ट सहयोग समिति गठन ग¥यो । मेयर खड्का साइलेन्ट बसिदिए ।
उपमेयर चौधरीले यसअघि मेयर खड्काले जिम्मेवारी नदिएको तथा काम गर्न नदिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि पोख्दै आएकी थिइन ।
उनले जिम्मेवारी दिए ६ महिनामै एयरपोर्ट बनाएर देखाइदिने महात्वाकाँक्षा सार्वजनिक रुपमै ब्यक्त गर्दै आएकी थिइन । कतिपयले त्यसको बदला लिन चौधरीमाथि पार्टी भित्रै आन्तरिक राजनीति भएको रुपमा अथ्र्याएका छन् ।
उपमेयर चौधरीले संयोजकको जिम्मेवारी पाए लगतै आँफु बिहीबारदेखि नै डोजर लगेर दाङ एयरपोर्ट बिस्तारका लागि खटिने बताउनुले पनि उनको महत्वाकांक्षा स्पष्ट हुन्थ्यो ।
तुलसीपुरमा जस्को सबै भन्दा नयाँ डोजर छ त्यही खोजेर एयरपोर्टको धावन मार्ग बिस्तारका लागि जाने बताउनुले पनि श्यानी चुप लाग्ने मनस्थितिमा छिन भन्ने लाग्दैन । यद्यपी यो सवाल गम्भीर बिषय हो ।
उनले त्यसरी आँफुखुसी डोजर लगाउन जान पाउने कि नाई ? उनले टरिगाउँ एयरपोर्टको आसपासमा रुखहरु काट्न पाउने कि नाई ? रुख हुर्काएको तरुण सामुदायिक वनसंग सहमती लिनु पर्छ कि नाई ? के उनले मनपरी गएर धमाधम रुख काट्न पाउलिन ? त्यो अधिकार उनलाई कस्ले दिने हो ? त्यो कानुन बिपरितको कार्य हो कि हैन ?
यस्तै कुराहरु आम चर्चाको बिषय बनेका छन् । नेपालकै पुरानो मध्यको एक टरिगाउँ एयरपोर्टको अपेक्षाकृत रुपमा विकाश नहुनुको प्रमुख कारण क्षेत्रीय तथा भेगिय राजनीतिपनि एक प्रमुख कारण हो ।
नेपालगंज र भैरहवा विमानस्थलको स्तरबृद्धि संगै दाङ एयरपोर्टको भविश्य छाँयामा परेको साँचो हो । त्यो भन्दापनि महत्वपूर्ण सवाल यसको बारेमा बोलिदिने बफादार जनप्रतिनिधि नहुनु र केन्द्रमा दबाब सृजना गर्न नसक्ने नेतृत्वको कारणले गर्दा हो ।
अब के स्थानीय पालिकाको प्रयासले त्यो सबै संभव छ ? महत्वपूर्ण सवाल यही नेर छ । किनकी यो कहाँ कस्तो एयरपोर्ट निर्माण गर्ने सवाल नागरिक उड्यन प्राधिकरणको सिफारिस चाहिन्छ । प्रमुख दासियत्वा वा चासो संघीय सरकारमा रहन्छ ।
उपमेयर श्यानीले जसरी छ महिना भित्रै एयरपोर्ट बिस्तार गरेर देखाई दिने दाबी गर्दै आएकी छिन त्यो काल्पनिक कुरा वा उनको महत्वाकाँक्षा भएको धेरैले बताउँदै आएका छन् ।
अधिकाँस प्राबिधिकले पनि छ महिना त के ? छ बर्षको अबधिमा पनि टरिगाउँ एयरपोर्टको सोचे अनुरुप धावन मार्ग बिस्तर हुने संभावना नहरेको बताउँदै आएका छन् ।
उपमेयर चौधरी समाजिक क्षेत्रबाट आएकी ब्यक्ति हुन । तुलसीपुर छ डुम्रीगाउँमा उनले आफ्नै घरमा ‘दिदी घर’ संस्था संचालन गर्दैै आएकी छिन । जहाँ उनले असहाय बालबालिकालाई आश्रय दिनुको साथै शिक्षा दिक्षापनि दिदै आएकी छन ।
यसअघि उनी राजनीतिमा सक्रिय थिइनन् । नेकपा एमालेले एकाएक उनलाई बैशाख ३० को गत स्थानीय निर्वाचनमा उपमेयरमा टिकेट दिएको थियो ।
निर्वाचित भएपछि पनि उनले बर्षौं राजनीति गर्दै आएका एमालेकै मेयर टीकाराम खड्कासंग असहति राख्दै आएकी थिइन । उनले मयेर खड्काले राम्रो कामपनि गर्न नदिएको सार्वजनिक रुपमै बताउँदै आएकी थिइन ।
त्यसैले तुलसीपुरका मेयरले उपमेयर चौधरीको परीक्षालिन अर्थात राजनीतिक रुपमा बदला लिन तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको जिम्मा आँफु ब्याक भएर उनलाई दिएको कतिपयको बुझाई रहेको छ । सत्य के हो ? श्यानीको बास्तबिक परीक्षा सुरु भएको धेरैको बुझाई रहेको छ ।
संघीय सरकार बिना स्थानीय सरकारले एयरपोर्ट बिस्तार गर्ने वा स्तरबृद्धि गर्ने कुरा असंभव प्राय रहेको हुँदापनि धेरैको बुझाईमा उपमेयर चौधरीको बास्तबिक अग्नी परीक्षा सुरु भएको अर्थ लगाउन थालेका छन् ।