२०८३ बैशाख २५ गते शुक्रवार

सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश सर्बौच्चको अन्तरिम आदेश


दाङ, बैशाख २५ ।

सर्वौच्च अदालतले सरकरकारलाई सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार त्यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेश संगै अब सकुमबासी बस्ति भत्काउने क्रम तत्कालका लागि रोकिने भएको छ ।
माजिद अन्सारीले सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्नु पर्ने मागसहित अन्तरिम आदेशको माग गरि निबेदन दिएका थिए ।
घर टहरा हटाउने कार्यले सुकुमबासीमा त्रासपूर्ण अबस्था सृजना भएको आशयका साथ सर्बौच्चले कानूनको उचित प्रकृया बेगर घरवारबिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विस्थापित नगर्न आदेश दिएको हो ।
सर्वौच्चले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विस्थापन गर्दा कानुनको उचित प्रक्रिया अवलम्बन नभएको र त्यसले शिक्षा, स्वास्थ्य, आवास लगायतका हकमा अपूरणीय क्षति हुने उल्लेख पनि गरेको छ ।
दूई तिहाइ बहुमत नजिकको सरकारको नेतृत्व गरे लगतै प्रधानमन्त्री बालेन शाहले काठमाडौंमा सयौं सुकुमबासी बस्तिका घरमा डोजर चलाएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *