दाङ, वैशाख २४ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रधान न्यायाधीश नियुक्ति सिफारिसको स्थापित परम्परालाई नभत्काउन आग्रह गरेका छन् ।
नेता खड्काले आफ्नो सामाजिक सञ्जाल एक्समा स्ट्याटस लेख्दै करिब चार दशक देखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषदले तलमाथि नगराउन आग्रह गरेका छन् ।
बिहीबार संवैधानिक परिषद बैठक बस्दै गरेको अवस्थामा काँग्रेस नेता खड्काले प्रधान न्यायाधीश नियुक्ति सिफारिस एजेन्डा बारेमा तलमाथि नगर्न आग्रह गरेका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषदको बैठक बस्न थालेको भन्दै काँग्रेस नेता खड्काले प्रधानन्यायाधीस नियुक्तिको स्थापित मान्नेतामा तलमाथि गरे न्यायालयमा डरलाग्दो अस्थिरता आउने आशंका ब्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार