काठमाडौं,भदौ २४ । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई वर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।
प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार