२०८१ बैशाख ८ गते शनिवार

पार्टी एकता प्रक्रिया जटिल मोडमा – घनश्याम भुसाल(भिडियो सहित)

दाङ।  नेपाल कम्यूनिष्ट पार्टीका नेता घनश्याम भुसालले ठूला नेताले आफ्नालाई संरक्षण गर्न विधि र प्रक्रिया मिच्दा एकता प्रक्रिया लम्विएको वताएका छन् । विजौरी काण्डका सहिदहरुको सम्झनामा नेकपा दाङ र पूर्व युवा विद्यार्थी समाजले शनिवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले जिल्ला र स्थानीय तहको एकता प्रक्रिया निकै जटिल र अप्ठेरो मोडमा पुगेको बताए । आफ्नो पक्षमा बहुमत नपुग्दा सम्म पटक÷ पटक बैठक सार्ने षडेन्त्र भइरहेको प्रति रोष प्रकट गरे ।

यो बीचमा एमाले पक्षधर व्यवस्थापन र पद्धतिको पक्षमा बढ्दा लागेको भएपनि माओवादी पक्षधरहरु भने हिजो द्धन्दकालमा जस्तै गरि आफ्नो बस्ने अवस्था र रुप फेर्दै जाँदा बोलिको कुनै ठेगान नभएको दाबी गरे । उनले एकता प्रक्रिया लम्विदा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको कारण पत्ता लाग्न नसकेको दाबी गरे । ‘हाम्रो एकता लम्विदा तल्लो तहमा कस्ले काम गर्छ, कस्ले जिम्मेवारी लिएर कामगर्न सक्छ ।’ उनले भने ।

संवृद्धि गीत गाएर आउँछ भन्नु जनता ढाँटनु हो

नेपालमा बहुदलिय जनवादको व्याख्या धेरै भएको वताएका नेता भुसालले गीत मात्रै गरेर र गफले मात्रै सम्वृद्धि नआउने स्पष्ट पारे । जवसम्म सबैले महसुस गर्ने गरि र देखिने काम हुँदैन तव सम्म कसैले त्यो नपत्याउने तथा त्यसले क्रान्तिको समेत बदनाम हुने उनको भनाइ छ ।

यो देशको सम्वृद्धिका लागि राजा महेन्द्र, बीपी, विरेन्द्र र काँग्रेसको समेत महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

समृद्धिको पहिलो सर्तका रुपमा रहेको अर्थव्यवस्थालाई सृदृढ गर्नु आजको प्रमुख दायित्व भएको भन्दै उनले आयात र निर्यातमा रहेको असन्तुलन घटाउन राज्यले उत्पादन मुलक काममा जोड दिनुपर्ने बताए ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *