२०८१ भाद्र २३ गते आइतवार

एकजना पनि मन्त्री नआएपछि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं,असार १७ । एकजना पनि संघीय मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सोमबार बिहान साढे ११ बजे बैठक सुरू गर्नेबित्तिकै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को कोही सदस्य नआएको भन्दै ध्यानाकर्षण गराए ।

त्यसपछि सरकारका कोही पनि प्रतिनिधि नआएको भन्दै सभामुख घिमिरेले बैठक १५ मिनेटलाई स्थगित गरेको घोषणा गरे ।

सोमबारको संसद बैठकमा मन्त्रीसँग सांसदहरूको पनि संख्या न्यून छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *