२०८० फाल्गुन १२ गते शनिवार

तिनै तहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारी गराउन खनालको आग्रह


दाङ,माघ १३ । नेपाली काग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनालले काग्रेसकाे नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामकाे बारेमा आम नागरिकलाई जानकारी गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

नेपाली काग्रेस गुल्मीले आयाेजना गरेकाे भेटघाट कार्क्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका सवास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीकाे नेतृत्वमा भएका उपलब्धीकाे बारेमा गाउँघरमा रहेका मतदातालाई जानकारि गराउन आबश्यक रहेकाे बताएका हुन ।

अहिले सम्मका परिवर्तनकाे नेतृत्व काग्रेसले गरेकाे भन्दै उप सभापति खनालले अब आर्थिक समृद्दिकाे नेतृत्व पनि काग्रेसकै नेतृत्वमा गर्नुपर्ने दायित्व रहेकाे बताए।

उप सभापति खनालले पार्टि भित्रका आन्तरिक द्वन्द्वलाई सार्वजजनिक फाेरममा नभै पार्टि भित्रकै आन्तरिक बैठक वा कार्यक्रम मार्फत समाधान गरिनुपर्ने बताए।

स्वास्थ्य मन्त्री खनालले प्रदेश भित्रका ६ जिल्लामा डायलासिस सेवा सुरू गर्न लागिएकाे जानकारि दिए ।

स्वास्थ्य बिमाकाे दायरा बढाउनु पर्ने आबश्यक्ता महसुस गरिएकाेभन्दै मन्त्री खनालले त्यसका लागि प्रयास भैरहेकाे बताए ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *