२०८२ जेष्ठ ३० गते शुक्रवार

एनसेलको सेयर खरिद बिक्री प्रकरण ः सूचना प्रविधि समितिले छलफल गर्ने

काठमाडौं,पुस ११ । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत छलफल गर्ने भएको छ ।

त्यसका लागि बिहीबार समितिको बैठक बोलाएको छ । समितिले उक्त प्रकरणलाई बेवास्ता गर्दै आएको आरोप लागिरहेका बेला बैठक बोलाइएको हो ।

समिति सभापति भानुभक्त जोशीले यसअघिको बैठकमा उक्त प्रकरणमा बेवास्ता गरेको भन्दै आलोचना भएको बताएका थिए ।

त्यही आधारमा समिति सदस्यहरूले उक्त विषयमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । सोही आधारमा समितिले बैठक बोलाएको हो ।

यो विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान गरिरहेको छ । त्यस्तै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले समेत विभिन्न निर्णयहरू गरेको छ । पुस ३ गते बसेको समितिको बैठकले मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री गरेको प्रकरणमा सरकारलाई आवश्यक निर्देशन दिँदै ६ बुँदे निर्णय गरेको थियो ।

यो विषयमा अनुसन्धान गर्न सरकारले टंकमणी शर्मा दंगालको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।

सुशासन समितिले प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर–गैरकर रकम एनसेलबाट असुल उपर गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *