२०८१ माघ ३ गते बिहिवार

पार्टी प्रवेशको लहरले पश्चिम दाङको पहिचान देशैभर चिनाएको छः मन्त्री मास्की


तुलसीपुर,मंसिर १८। लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पार्टी प्रवेशको लहले पश्चिम दाङको पहिचान देशैभर चिनाएको बताएका छन् ।

उनले पश्चिम दाङ सक्षम रहेको सन्देश देशैभर फैलिएको समेत उनले बताए ।


साथै उनले एकताले मात्रै पश्चिम दाङको विकास हुने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ सम्झना टोलमा भएको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिम दाङमा एकताबद्ध भएर जनताले साथ दिएमा छोटो समयमै विकासले फड्को मार्ने बताएका छन् ।

पश्चिम दाङमा आफू मन्त्री भएपछि सडक, पुल,लगायत अन्य पूर्वाधारकालागि थुप्रै बजेट आएको भन्दै त्यसको कार्यान्वयनको चरण अघि बढिसकेको बताए । साथै उनलेसबै एकजुट भएर साथ दिएमा ‘कणर्ाली’ उपनामले चिनिने पश्चिम दाङलाई सुगम दाङ बनाउने समेत बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेको मन्त्री मास्कीले आफू पश्चिम दाङको विकासकै लागि भनेर लागेको भन्दै यसमा जनताको साथ अनिवार्य रहेको बताए ।

उनले अहिले जनताले दिएको साथले नै धेरै विकासका कामहरु अगाडी बढाउन सफल भएको भन्दै यो साथ निरन्तर दिनुपर्ने समेत बताए । पश्चिम दाङले सक्षम नेतृत्व नपाउँदा नै पछि परेको भन्दै अब त्यसो नहुँने समेत बताए ।


साथै उनले एकतामा मात्रै बल भएको बताएका छन् । पार्टीले पछिल्लो समय बनाएको समाजवादी मोर्चा बाम्पन्थी र क्रान्तिकारीहरुको एकताको सुरुवात भएको समेत उनले बताए । पश्चिम दाङमा पनि पूर्व माओवादी तथा क्रान्तिकारी बाम शक्तिहरु माओवादीमा गोलबद्ध भएको समेत बताए।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *