२०८२ माघ ८ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क जाने भएका छन ।

बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधनमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जान लागेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *