काठमाडौं ,साउन २४ । नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।
तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए ।
सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।
प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार