२०८२ माघ १ गते बिहिवार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताकाे शपथ

विराटनगर,साउन १८। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९)बमोजिम नवनियुक्त मन्त्री त्रय आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुलाई कार्य विभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *