काठमाडौं,साउन १५ । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार सोमबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी खोसेर सो पदमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो ।
त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विना विभागीय बनेका थिए
प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार