२०८२ माघ १ गते बिहिवार

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ ,असार ३१ । सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *