२०७७ कार्तिक १५ गते शनिवार

नेबिसंघले स्थापना दिवशमा रक्तदान गर्ने


यमकला भुसाल,
दाङ, वैशाख ४ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ तुलसीपुर नगर समिटिले आफ्नो ४९औं स्थापना दिबसको अबसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

नेबिसघ तुलसीपुर उपमहानगरका संयोजक राजिब पांडेको अध्यक्षतामा बुधबार बसेको बैठकले आफ्नो स्थापना दिवसका दिन रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रक्तदान कार्यक्रम नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा वैशाख ६ गते विहान ११ बजेदेखि सुरु हुने छ ।
कार्यक्रममा उपस्थितिको लागि कांग्रेसका नेता कार्यकर्ता विभिन्न भातृ संगठनहरुलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *