काठमाडौँ ,जेठ ५ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरिएको छ।
शुक्रबार बिहान बसेको संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति बनाएको हो।
उपसमितिमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अन्य ८ दलका एक–एक जना सदस्य रहेका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद् दर्ता गरेको थियो।
उपसमितिमा छलफलको लागि तीन हप्ताको समय दिइएको छ।
उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर छन्।
प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार