काठमाण्डौ,बैशाख २९ । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गरेका हुन ।
नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण दिउँसो ४ बजे राखिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्तभएका हुन ।
१५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त भएका हुन ।
अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।