२०८३ बैशाख १६ गते बुधवार

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही हुनुपर्छ ः शेखर कोइराला

विराटनगर,बैशाख २७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण जोसुकै संलग्न भए पनि कारबाही गरिनुपर्ने बताएका छन्।

यो प्रकरण राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबमा पनि जोडिएकाले जो कोही संलग्न भए पनि कारबाहीको दायारामा ल्याउन आवश्यक रहेको उनले बताए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नक्कली शरणार्थीकोविबिषयमा संलग्न उम्कने अवस्था नरहेको पनि बताए।

‘नक्कली शरणार्थीको इस्यु देशको लागि पनि लज्जास्पद कुरा हो। प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ। त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन। किनभने यो राजनीतिक वृत्तमा आइसक्यो, यो अन्तराष्ट्रिय स्तरमा पनि गइसकेको छ,’ उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरु पनि सशंकित हुन्छन् नि यो केभइरहेको छ नेपालमा भनेर। त्यसकारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन।’

प्रहरीले अनुसन्धान गरिरहेकाले सघाउनु पर्ने उनले बताए।

‘जो–जो दोषी हो उनीहरु त कारबाहीमा पर्नुपर्छ। गतल काम भएको छ। उनीहरुले कारबाहीको भागीदार बन्नुपर्छ,’ उनले भने, ‘तीनजना नेताले छलफल गरे, दुई नेताले बसेर छलफल गरेको समाचार हामीले पनि पढेका छौँ।’

नेताहरुले जेसुकै कुरा गरे पनि यो नक्कली शरणार्थीको विषय अन्तराष्ट्रियकरण भइरहेको उनले बताए।

उनले यो प्रकरणमा त्यति सजिलै प्रहरी प्रशासन पनि ब्याक नहुन नसक्ने उनले बताए।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *