२०८३ बैशाख १६ गते बुधवार

ढाकाकुमार श्रेष्ठमाथिको कारबाही रोक्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ ,बैशाख २५ । ढाकाकुमार श्रेष्ठमाथिको कारबाही रोक्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो बाहिरिएपछि रास्वपाले सांसद र पार्टी सदस्यबाट निष्कान गरेपछि श्रेष्ठले आफूमाथिको कारबाही गैरकानुनी भएको दाबीसहित सर्वोच्चमा रिट निवेदन दिएका थिए।

सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिएको हो।

अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
एकल इजलासले कारण देखाउ आदेशसमेत जारी गरेको छ।

रास्वपाको केन्द्रीय समितिको निर्णय दिएपछि सभामुख देवराज घिमिरेले उनी पदमुक्त भएको सूचना जारी गरेका थिए।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *