२०८२ चैत्र ३ गते मङ्गलवार

नवनिर्वाचित सांसद यादवले आज शपथ लिदै

काठमाडौँ,बैशाख १९ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन्। उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन्।

सिंहदरबारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा दिउँसो १ बजे शपथग्रहण तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित भएका थिए।

तनहुँ–१ र चितवन–२ बाट निर्वाचित स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शुक्रबार अनुपस्थित रहेका कारण यादवले आज शपथ लिन लागेका हुन्।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *