२०८२ चैत्र ३ गते मङ्गलवार

रवि लामिछाने पुन ः रास्वपा संसदीय दलको नेता बन्दै

काठमाडौँ,बैशाख १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको नेता पुनः रवि लामिछाने नै बन्ने भएका छन्।

पार्टी सभापति समेत रहेका रविले चितवन उपचुनावबाट पुन संसदीय यात्रा तय गरेपछि फेरि संसदीय दलको नेता बन्ने पार्टीमा अनौपचारिक सहमति भएको छ।

उनी तीन महिनापछि फेरि दलको नेता चुनिन लागेका हुन्। उनी संसदीय दलको नेता बन्ने सोमबार केन्द्रीय समितिको प्रस्तावलाई पार्टीको संसदीयको दलको बैठकले सर्वसम्मत रुपमा अनुमोदन गर्नेछ।

संसदीय दलको बैठक आजै अपरान्ह बस्दैछ। नागरिकता विवादमा रविले सांसद पदसँगै संसदीय दलको नेताको हैसियत पनि गुमाएपछि रास्वापाले डोलप्रसाद अर्याललाई संसदीय दलको नेता बनाएको थियो।

रविले उपचुनाव जितेपछि अर्यालले दलको नेताको पदबाट राजीनामा दिएका छन्। रविले बैशाख १० को उपचुनावमा मंसिर ४ को निर्वाचनमा भन्दा धेरै मत ल्याएर चितवन २ बाट चुनाव जितेका छन्।

प्रकाशित मिति : २०८० बैशाख १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *