२०८२ चैत्र २ गते सोमवार

राष्ट्रपति पौडेलको छातीबाट फेरि पानी निकालियो

काठमाडौँ,बैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीबाट फेरि पानी निकालिएको छ।

भारतको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स)मा उपचाररत पौडेलको बाँया छातीको तल्लो भागमा जमेको पानी मंगलबार बिहान निकालिएको हो।

१२५ एमएल पानी निकालिएको शीतल निवास स्रोतले जानकारी दिएको छ।

‘राष्ट्रपतिज्यूको छातीको तल्लो भागमा जमेको पानी सुकाउनका लागि एम्स अस्पतालले पनि एन्टिबायोटिक नै दिएको थियो तर सुकेन,’ स्रोतले भन्यो, ‘हिजो फेरि १२५ एमएल पानी निकालिएको छ। अब बाँकी रहेको थोरै पानी चाहिँ औषधीले सुकाउला भन्ने छ।’

राष्ट्रपति पौडेलको स्वास्थ्य अहिले सुधरोन्मुख रहेको छ। अस्पलालले चार–पाँच दिनमा डिस्चार्ज गर्ने योजना बनाएको स्रोतले जानकारी दिएको छ।

एन्टिबायोटिकका कारण शारीरिक रूपमा केही शिथिलता देखिएको छ। तर सामान्य हिँडडुल गर्ने, कुराकानी गर्ने र खाना खाने भने गरेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *