वीरगञ्ज ,बैशाख १२ । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १५ हजर मत कटाएका छन्।
पछिल्लो मत परिणामअनुसार यादवले १५ हजार १८३ मत ल्याएका छन्।
उनलाइ जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै, एमालेका पुरुषोतम पौडेलले ५ हजार २७ र रास्वापाका रमेश खरेलले २ हजार ९५ मत प्राप्त गरेका छन् । बारा–२ मा हालसम्म ३५ हजार ३३२ मत गणना सकिएको छ।
प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार