२०८३ बैशाख १६ गते बुधवार

बारा – २ मा उपेन्द्र यादव जनमतका कुशवाहाभन्दा ४ हजार २५० मतले अगाडि

बारा,बैशाख १२ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको फराकिलो अग्रता कायमै छ।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार यादवले १२ हजार ६४७ मत प्राप्त गरेका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ८ हजार ३९७ मत ल्याएका छन्।

यादव कुशवाहाभन्दा ४ हजार २५० मतले अगाडि छन्। यस्तै, एमालेका पुरुषोत्तम पौडेल ४ हजार ४८६ मत ल्याइ तेस्रो स्थानमा छन्।

रास्वपाका रमेश खरेलले १ हजार ९७० मत प्राप्त गरेका छन्।

गत मंसिर ४ गते भएको निर्वाचनमा बारा २ बाट निर्वाचित भएका जसपाका रामसहाय प्रसाद यादव उनी उपराष्ट्रपति भएपछि बारा २ मा उपनिर्वाचत भएको हो।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *