२०८२ चैत्र १ गते आइतवार

रवि लामिछानेले आफैँलाई भोट दिन भने नपाउने

काठमाण्डौ ,बैशाख १० । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफैँलाई भोट दिन भने नपाउने भएका छन्।

उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्।

यस्तै मतदाता नामावली सूचीमा नाम नरहेका कारण एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि मताधिकार प्रयोग गर्न पाएनन्।

कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *