२०८२ चैत्र २ गते सोमवार

दुई पटक मत खसाल्न खोजेको आरोपमा एक पक्राउ

बारा,बैशाख १० बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जनालाई प्रहरीले‍ पक्राउ गरेको छ।

देवताल गाउँपालिका-७स्थित पिपरपाती जब्दी बुथमा दुई पटक मत खसाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिले एउटा मत हालिसकेपछि पुनस् नमुना मतपत्र खसाल्न खोजेको एसपी बोगटीले बताए।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बारामा लगिँदैछ। प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६५ वर्षीय रामसागर यादवलाई पक्राउ गरेको हो।

‘उनले एउटा मतपत्र खसालेर मतदातालाई प्रशिक्षणको क्रममा दिइएको नमुना मतपत्र पनि बाकसमा खसाउन खोजेपछि मतदान अधिकृतले देख्नुभएछ अनि प्रहरीलाई जिम्मा लगाउनुभयो,’ उनले भने।

पक्राउ परेका यादव जनता समाजवादी पार्टीका नेता समेत हुन्। यद्यपि अहिले शान्तिपुर्ण रूपमा मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत उपाध्ययाले बताए।

यसअघि देवताल गाउँपालिकाको वडा नम्बर २ स्थित कल्याणपुर मतदान केन्द्रमा मतदान प्रभावित हुनेगरी होहल्ला तथा झगडा गरेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *