२०७७ कार्तिक ४ गते मङ्गलवार

दुई राप्रपाबीच एकता, अध्यक्षमा केसी

दाङ, चैत १९ । दाङमा दुईवटा राप्रपाका बीचमा एकता भएको छ । डा. प्रकाश चन्द्र लोहनी राप्रपा राष्ट्रवादी र पशुपति समशेर राणाको राप्रपा प्रजातान्त्रिकका बीचमा पार्टी एकता भएको जिल्ला प्रवक्ता जितजंग क्षत्रीले जानकारी दिए ।

सोमवार घोराहीमा भएको पार्टी समायोजन कार्यक्रम पूर्व मन्त्री तथा राप्रपा संयुक्तका केन्द्रीय सदस्य फत्यसिंह थारुको अध्यक्षतामा भएको जानकारी दिइएको छ। दुई पार्टीको एकतापछि बनेको राप्रपा संयुक्तको जिल्ला अध्यक्षमा सर्वसहमतिमा हंशराज केसी चयन गरिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *