२०७७ कार्तिक ११ गते मङ्गलवार

जनता विद्यापिठमा नेविसंघको इकाइ गठन


यमकला भुसाल,
तुलसीपुर, चैत १५। दाङको विजौरी स्थित जनता विद्यापीठ विजौरीमा शुक्रवार नेपाल विद्यार्थी संघ इकाइ गठन गरिएको छ । ने.वि.संघ तुलसीपुर उपमहानगरका नगर संयोजक राजीव पाण्डेको सभापतित्व एबम् नेविसंघ जिल्ला सहसचिव जितेन्द्र प्रकाश वलीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यार्थीका हक र अधिकारका लागि सधै अग्रसर रहने भन्दै विद्यार्थीहरु एक जुट हुन सहभागीहरुले जोड दिएका थिए । पछिल्लो समयमा कम्यूनिष्ट सरकारको ज्यादति विरुद्ध लड्न तयार हुनुपर्ने कार्यक्रम वोल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा राप्ती ववई स्वावियू सभापति अनिल कार्की, नेविसंघ जिल्ला कोषाध्यक्ष अरुण लहरे, ज्ञान ज्योती इकाई सभापति प्रकाश डाँगी, विद्याथी नेता शम्भु रिमाल लागाएतकाले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा शम्भु रिमालको सभापतित्वमा २५ सदस्यीय इकाइ कमिटि गठन गरेको छ । जसमा उपसभापतिमा दृष्टि पौडेल, सचिव केशव खनाल, सहसचिव विनिता चौधरी, कोषाध्यक्ष ममता घर्ती मगर लगाएतका रहेका छन । कार्यक्रमको सहजीकरण विद्यार्थी नेता विदुरराज गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *