२०८१ बैशाख १२ गते बुधवार

राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित

काठमाडौं‌, माघ २३ । राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीको तर्फबाट पेस गरेको अखिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक २०७७ पनि पारित गरिएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेस गरेकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपराह्न ५ बजेका लागि बोलाइएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *