२०८३ असोज २९ गते बिहिवार

संसद्‌ बैठकमा रास्वपाका सबै सांसद गयल

काठमाडौं ,माघ २३ । प्रतिनिधिसभाको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।

जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कुनै पनि सांसद बैठकमा सहभागी छैनन् । रास्वपाका १९ जना सांसद छन् ।

सरकारमा बस्‍ने कि नबस्‍ने भन्‍नेबारे निर्णय लिन रास्वपाको बैठक चलिरहेको छ । संसद्‌को बैठककै समयमा रास्वपाले पार्टीको बैठक बोलाएको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *