२०८३ भाद्र ११ गते बिहिवार

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं ,माघ २३ । राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन्।

आइतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ।

राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना छन्। गठबन्धनबाट माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दिएकी हुन्।

राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभामा हाल ५८ जना सांसद छन्। उपाध्यको निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *