२०८१ बैशाख १३ गते बिहिवार

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता

काठमाण्डौ ,माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।

नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । आजको भेटमा यिनै विषयमा छलफल भएको अनुमान छ ।

यद्यपि प्रधानमन्त्री र रविको तर्फबाट भेटमा भएका कुराकानीका विषय सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *