काठमाडाैँ,माघ १७ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ।
बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।
हिजाे बसेकाे पदाधिकारी बैठकमा पार्टीको संगठनसम्बन्धी विषयमा छलफल भएको थियाे।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरूले धारणा राखेका थिए।
प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार