प्रमोद आचार्य,दंगीशरण,माघ ८ । नेपाली काङ्ग्रेस दंगीशरण गाउँपालिकाले आफ्ना वडाहरुमा एकै साथ कृयाशिल सदस्य तथा सुभइच्छुक सहित प्रथम वडा भेला सम्पन्न गरेको छ ।
क्षेत्रीय कार्यसमिती क्षेत्र न. ३ को परिपत्र अनुसार माघ १० सम्म वडाहरुको वडा भेला गरी पठाउनुपर्ने बार्षिक समिक्षा गर्नु पर्ने ,बार्षिक कार्ययोजना तय गर्नुपर्ने निर्देशन अनुसार एकै साथ वडा भेला आयोजना गरिएको नेपाली काग्रेस दंगीशरण गाउँपालिका प्रबक्ता गोबिन्द प्रसाद आचार्यले बताए ।
काङ्ग्रेसलाइ चलायमान बनाउन र सङ्गठन सुदृढीकरण गर्न वडा भेला तथा प्रशिक्षण कार्यक्रमले टेवा पुर्याउने प्रबक्ता आचार्यले बताए ।
वडा न.३ बाहेक बाकी ६ वटा वडाहरुको प्रथम वडा भेला सम्पन्न गरेको पालिकाले ३ न. वडामा यही ९ गते वडा भेला गर्ने बताएको छ ।
प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार