२०८३ भाद्र १२ गते शुक्रवार

कर्णालीको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

सुर्खेत, माघ ४ । कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छिन ।

बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख निर्वाचित भएको सभामुख नन्दा गुरुङले घोषणा गरेकी हुन ।

सभामा उपस्थित ३८ सङ्ख्यामध्ये न्यौपानेलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २४ मत र विपक्षमा १४ मत प्राप्त भएको थियो ।

न्यौपानेको प्रस्तावकमा कृष्णबहादुर जिसी र समर्थनमा विना विभागीय मन्त्री विनोदकुमार शाह थिए ।

उपसभामुख पदका लागि कांग्रेसबाट इन्द्राकुमारी शाहीको पनि उम्मेदवारी परेको थियो । उनलाई उपसभामुख प्रस्ताव गरिएको विपक्षमा २४ मत प्राप्त भएको थियो ।

उपसभामुख न्यौपाने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कालीकोटबाट प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ । माओवादी केन्द्रकी न्यौपानेको पक्षमा नेकपा एमाले र राप्रपाका सांसदले मतदान गरेका  थिए ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *