२०८२ बैशाख ३० गते सोमवार

मधेश प्रदेशका सभामुख मण्डलले लिए शपथ

जनकपुरधाम,माघ ४ । तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेश सभाबाट सभामुखमा निर्वाचित मण्डललाई शपथ खुवाएका हुन्।

प्रदेश सभाबाट मंगलबार दिउँसो निर्वाचित सभामुख मण्डललाई प्रदेश प्रमुख मिश्र मिश्रले आफ्नै निवास मधेश भवनमा मंगलबार साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव,बिना विभागीय मन्त्रीहरु,प्रतिपक्षी दलका नेता तथा मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित मण्डल धनुषा १ (ख) बाट निर्वाचित सांसद हुन्।

मंगलबार सम्पन्न निर्वाचनमा सभामुख मण्डलले ७४ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा ३४ मत खसेको थियो। नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवको प्रस्ताव र जसपाका रामआशिष यादवको समर्थनमा प्रस्तावित मण्डलको पक्षमा सत्तारूढ र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मतदान गरेका थिए।

यसैगरी उपसभामुख बबिता कुमारी राउत इसरले समेत आजै शपथ ग्रहण गरेकी छन् । सभामुख मण्डले उपसभामुख राउतलाई शपथ खुवाएका हुन्।

राउत जनमत पार्टीबाट निर्वाचित सासंद हुन्।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *