२०८३ भाद्र ११ गते बिहिवार

बागमतीकी उपसभामुख चापागाईंले लिइन् शपथ

हेटौँडा ,माघ ३ । बागमती प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

उपसभामुख चापागाईंले मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा शपथ ग्रहण गरेकी हुन्।
उनलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले शपथ ग्रहण गराएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरि निर्वाचित भएकी थिइन् ।

उपसभामुख चापागाईंले आजै पदभार ग्रहण गर्नेछिन ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *