२०८३ असार ३० गते मङ्गलवार

घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

काठमाण्डौ ,पुस ३० । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।

आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

नेता भुसाल हिजो एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।

नेकपा एमालेका उपमहासचिव रहनुभएका नेता भुसाल मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा टिकट नपाएपछि नेकपा एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए ।

तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेपछि उनले चर्को विरोध गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *